लागुऔषध विरुद्धको अभियानमा ‘लाहुरे’: उनी भन्छन्, ‘आई डेयर नो ड्रग्स’
पाेखरा | असार ३, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी ६ गतेदेखि १२ गतेसम्म पोखरामा लागुऔषध विरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम सञ्चालन गरिने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले उक्त अभियानको मुख्य अभियन्ताको रुपमा र्यापर आशिष राना लाहुरे रहेको बताए । उनका अनुसार मुख्य कार्यक्रम ६ गते पोखरा सभागृहमा आयोजना हुनेछ । उक्त कार्यक्रममा र्यापर लाहुरेले प्रस्तुतीसँगै आफ्ना अनुभूती सुनाउनेछन् ।
एसपी थापाले लाहुरेको संलग्नता रहेको उक्त सचेतना कार्यक्रम नेपालमै पहिलोपटक आयोजना हुन लागेको दाबी गरे । कास्की प्रहरीले विगत देखि नै लागुऔषध विरुद्ध कार्यक्रम आयोजना गर्दै आएको बताउदै आगामी साता हुने उक्त कार्यक्रमले लागुऔषध नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।
लाहुरे भन्छन्, ‘आई डेयर, नो ड्रग्स’
लागुऔषध प्रयोग गर्दै आएका चर्चित र्यापर तथा कलाकार आशिष राना लाहुरेले कास्की प्रहरीको हिरासतमा ५६ दिन बिताए । त्यही समयमै उनले प्रण गरे र भने ‘आई डेयर, नो ड्रग्स’ । अहिले थुनामुक्त भएपछि कास्की प्रहरीको आयोजना र रिकभरी नेपालको सहयोगमा कार्यक्रम आयोजना गर्ने तालिका बन्यो । उक्त कार्यक्रमको अभियन्ता लाहुरे बनेका छन् ।
उनले पत्रकारहरुसमक्ष बोल्दै हिरासतकै समयमा कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले उनलाई कुलतबाट टाढा रहनुपर्ने भन्दै प्रेरित गरेको उनले बताए । ‘म यही कस्टडीमै हुदाँ खेरिपनि सरहरुको आएर बेलाबेलामा मटिभेसन दिनुहुन्थ्यो । मैले त्यो पोजेटिभिटी पाएर नै म पोजेटिभ भएर निस्केको हो, उनले भने, ‘म भित्र ५६ दिन बसे । त्यही समयमा सरहरुले भविष्यमा यसरी जानुपर्छ एज अ तिमी युवाहरुको भ्वाइस भएको हिसाबले त्यसो गर्दा समाजमा राम्रो रिजल्ट आउँछ भन्ने कारणले नै यो कार्यक्रममा भाग लिगेको हुँ ।’

र्यापर रानाले अब लागुऔषध प्रयोगकर्तालाई कुलतमुक्त बनाउने अभियानमा निरन्तर लाग्ने बताउदै आफ्नो नयाँ जीवनको सुरुवात भएको बताए । ‘यही नै मेरो नयाँ जीवनको सुरुवात हो । एक दिनमा एउटा राम्रो काम गर्दै जाऔं, उनले भने, ‘हाडवर्क र डेडिकेसन चाँही हुनुपर्छ । कामको मेहनत र फलहरु अनुसार दिन राम्रो हुदै जान्छ ।’
जन्मदिनमा लाहुरेको ‘बिरामी’को टिजर सार्वजनिक हुने
चर्चित र्यापर तथा कलाकार आशिष राना लाहुरेले आफ्नो जन्मोत्वसको अवसरमा नयां गीत ‘बिरामी’ को टिजर सार्वजनिक गर्ने बताए ।
उनका अनुसार आगामी ११ गते नयाँ गीतको प्रोमो युट्युबमार्फत सार्वजनिक हुनेछ ।
सो गीतमा लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धि सन्देश र आफ्नो जीवनको अनुभूती समावेश गरिएको बताए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

